बोहरा मेडिको सेन्टर

डडेल्धुरा अस्पतालमा प्रमेसु डा. सुधाले जिम्मेवारी सम्हालिन्, सेवा सुधारमा प्राथमिकता

dream cafe
learnar

डडेल्धुरा : संघीय सरकार अन्तर्गत सुदूरपश्चिमको एकमात्र डडेल्धुरा अस्पतालमा प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (प्रमेसु)का रूपमा डा. सुधा देवकोटाले औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन्।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाको निर्देशक रहेकी देवकोटालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार ३१ गतेको निर्णयअनुसार डडेल्धुरा पठाउने निर्णय गरेका थिए।

CNA

उनी बिहीबार साँझ डडेल्धुरा पुगेकी थिइन् भने शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन्।

Bohora ma 1

जिम्मेवारी सम्हाल्ने कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निमित्त प्रमेसुका रूपमा रहेका डा. नरेन्द्रकुमार खनालले उनलाई स्वागत गरेका थिए।

डा. देवकोटाले अस्पतालमा रेडियोलोजिस्ट, ईएनटी (नाक, कान, घाँटी), छालारोग (डर्माटोलोजी) र इन्टरनल मेडिसिन विशेषज्ञको अभाव रहेको बताउँदै यसले नियमित स्वास्थ्य सेवामा अवरोध उत्पन्न गरिरहेको जानकारी दिइन्।

‘प्रसूतिका लागि छुट्टै भवन बनेको रहेछ तर हस्तान्तरण नहुँदा सेवा सुरु गर्न सकिएको रहेनछ,’ उनले भनिन्, ‘अब यो भवन छिट्टै हस्तान्तरण गरी सेवा सञ्चालन प्रक्रियामा ल्याउनेछु।’

स्वास्थ्य बीमाको सोधभर्ना रकम लामो समयदेखि नआईपुगेको गुनासोबारे पनि जानकारी लिएको बताउँदै उनले रकम निकासाका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्।

११औं तहको प्रमेसुको दरबन्दी रहेको यहाँ १०औं तहका खनालले जिम्मेवारी सम्मालिरहेका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.