डडेल्धुराका हाकिमद्वय रावल र पनेरू नवौं तहमा बढुवा

learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत डडेल्धुराका दुई जना कार्यालय प्रमुख नवौं तहमा बढुवा भएका छन्।

बढुवा हुनेमा पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावल र कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरू रहेका छन्।

Ird

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सुदूरपश्चिम प्रदेश बढुवा समितिले उनीहरूको बढुवा गरेको हो।

Ghatal Sta

इन्जिनियरिङ, सिभिल समूहका डिभिजनल इन्जिनियर (डीइ) नवराज रावल सुदूरपश्चिम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख हुन्।

उनी नवौं तहमा बढुवा भएका हुन्।

रावलले लामो समयदेखि डडेल्धुरासहित विभिन्न जिल्लामा पूर्वाधार विकासमा प्राविधिक नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

त्यस्तै, सुदूरपश्चिम कृषि, बागवानी समूहअन्तर्गत कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरू पनि बागवानी विकास निर्देशकको रूप नवौं तहमा बढुवा भएका छन्।

उनले डडेल्धुरामा बागवानी क्षेत्रमा नीति कार्यान्वयन, किसानको क्षमता अभिवृद्धि र उत्पादनमा विविधिकरणका कार्यक्रममार्फत सशक्त नेतृत्व प्रदान गर्दै आएका छन्।

Ddl dental
kirsi Gyan
Jalsrot
1 Comment
  1. Nabraj Rawal says

    Thank you for the news.

Leave A Reply

Your email address will not be published.