डडेल्धुरा बहुमुखी क्याम्पसको जीर्ण भवनमा जोखिम मोलेर अध्ययन गर्दै सयौं विद्यार्थी

dream cafe
learnar

डडेल्धुरा : कुनै समय सुदूरपश्चिमका सात पहाडी जिल्लाका लागि उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा परिचित डडेल्धुरा बहुमुखी क्याम्पस आज भने जीर्णताको चिनारी बनेको छ।

विस २०५६ मा निर्माण भएको मुख्य शैक्षिक भवन अहिले चर्किएको छ, छानो चुहिन्छ, भित्ताहरूमा ठूला चिरा देखिएका छन्।

बोहरा मेडिको सेन्टर

झन्डै ४/५ सय विद्यार्थी सोही जोखिमयुक्त भवनमा पढिरहेका छन्।

क्याम्पस प्रशासनका अनुसार यो भवनमा १० वटा कोठा रहेका छन्।

द्वन्द्वकालमा माओवादीले बम प्रहार गरेपछि यो भवन थिलोथिलो भएको थियो।

तर, पुन: मर्मत गरिएको यो भवन झण्डै २५ वर्षपछि फेरि जीर्ण अवस्थामा पुगेको हो।

GBL NEW

क्याम्पसमा अध्ययनरत विद्यार्थी इन्द्र साउद भवनको अवस्था दयनीय रहेको बताउँछन्।

उनी भन्छन्, ‘कक्षा सञ्चालन गर्न निकै कठिन भएको छ। छानोबाट पानी चुहिने समस्या त छँदैछ, पढाइको लागि आवश्यक भौतिक पूर्वाधारको अभाव छ।’

एउटा कक्षामा पढाउँदा अर्को कक्षामा डिस्टर्ब हुने गरेको गुनासो उनको छ।

स्ववियु सदस्य शर्मीला ओड भवनको अवस्था नाजुक रहेको र तत्काल केही नगरिए दुर्घटना हुन सक्ने बताउँछिन्।

क्याम्पसका सहायक प्रमुख भक्तबहादुर कठायत द्वन्द्वकालमा यो भवनमा बम हानिएको बताउँछन्।

‘बम विस्फोटपछि मर्मत भएको थियो तर अहिले भवन चर्किएको छ। बिम र वालमा गहिरा चिरा छन्, जुनसुकै बेला अप्रिय घटना हुनसक्छ,’ उनले भने।

सात पहाडी जिल्लाका विद्यार्थीहरूको भविष्य बोकेको यो क्याम्पसमा अहिले पढ्न चाहनेहरूले ज्यानको जोखिम उठाउनुपरेको अवस्था देख्दा राज्यको उदासिनता झल्किन्छ।

क्याम्पस प्रशासन, विद्यार्थी र स्थानीयवासीहरूले नयाँ भवन निर्माण वा तत्काल मर्मतको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.