प्वाली मृत्युु प्रकरण : सई हरजीत पुर्पक्षका लागि थुनामा

dream cafe
learnar

डडेल्धुरा : कैलाली कारागारमा बैंकिङ कसुरमा थुनिएका एक व्यवसायीको रहस्यमय मृत्यु भएको घटनामा अनुसन्धानको घेरामा रहेका प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

कैलाली प्रहरीका अनुसार ६ दिनअघि जिल्ला अदालत कैलालीले सई नाथलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई थुनामा राखिएको हो।

Ird

मृतक २८ वर्षीय हरिशसिंह प्वाली डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का व्यवसायी थिए।

उनलाई बैंकिङ कसुरको मुद्दामा असार १ गते कैलाली कारागार चलान गरिएको थियो।

तर, त्यसको दोस्रो दिन साउन २ गते राति एक्कासि बिरामी परेका पालीको राति सवा १२ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

HARDIK AGRo NEw

बैंकिङ कसुरमा दोषी ठहर गर्दै प्वालीमाथि कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

तर, उनको पक्राउ प्रक्रिया र कारागार पठाउने क्रममा लापरबाही र अमानवीय व्यवहार भएको आरोप लागेको छ।

पालीलाई जेठ २९ गते डडेल्धुराबाट पक्राउ गरिए पनि सई नाथकै योजनामा जानाजान ढिला गर्दै जेठ ३० गते मात्र कैलाली ल्याइएको आरोप छ।

शनिबार परेको कारण अदालतमा पेस पनि असार १ गते मात्रै गरिएको थियो।

पालीका आफन्तले नाथले पटक–पटक फोन गरी रकम माग्ने गरेको दाबी गर्दै असार २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको प्रमाण पेश गरेका छन्।

पालीको मृत्युलगत्तै उनको शरीरमा चोटपटक र निलडाम देखिएको भन्दै आफन्तले कारागारभित्र कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्।

यद्यपि, प्रहरी प्रशासन भने पोष्टमार्टम रिपोर्ट नआएसम्म ठोस निष्कर्षमा पुग्न सकिने अवस्था नरहेको बताउँदै आएको छ। अहिलेसम्म पोष्टमार्टम रिपोर्ट सार्वजनिक गरिएको छैन।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.