बोहरा मेडिको सेन्टर

गौरीगङ्गाका हाकिम कुट्ने मेयरका ज्वाइँविरुद्ध किटानी जाहेरी, खोज्दै प्रहरी

dream cafe
learnar

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले कुटपिट गरेको घटनामा किटानी जाहेरी दर्ता भएको छ।

कार्यकक्षमै भएको उक्त घटनापछि प्रमुख प्रशासकीय अधिकृत जोशीले जिल्ला प्रहरी कार्यालयमा उमेश जोशीविरुद्ध किटानी जाहेरी दिएका हुन्।

CNA
Bohora ma 1

मेयरका ज्वाइँ समेत रहेका जोशी कुटपिट पछि फरार छन् र प्रहरीले उनलाई खोजी गरिरहेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रणबहादुर चन्दले उमेशको खोजी कार्य तीव्र रुपमा भइरहेको जानकारी दिए।

गौरीगङ्गा नगरपालिकाका कर्मचारीहरूले दोषीलाई कानुनी कारबाही गर्नुपर्ने तथा कर्मचारीहरूको सुरक्षाको वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्।

सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरू स्थगन गरिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.