पहिलोपटक एघारौँ तहको मेसु डडेल्धुरा अस्पतालमा, डा. देवकोटा आउँदै

dream cafe
learnar

डडेल्धुरा : जिल्लाको प्रमुख स्वास्थ्य संस्था डडेल्धुरा अस्पतालले पहिलोपटक एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पाउने भएको छ।

स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा. सुधा देवकोटालाई अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा पठाउने निर्णय स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका हुन्।

बोहरा मेडिको सेन्टर

डा. देवकोटा गत वर्ष असोजमा महाशाखा निर्देशक पदमा आएकी थिइन्। त्यसअघि उनी कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारीमा थिइन्।

उनी १२औं तह (अतिरिक्त सचिव) पदका लागि सिफारिसमा परेकी थिइन्। मन्त्रिपरिषद् बैठकले पहिलो र दोस्रो नम्बरका चिकित्सकलाई मात्र बढुवा गरेपछि उनी रोकिएकी थिइन्।

डडेल्धुरा अस्पताल संघीय सरकार अन्तर्गत सुदूरपश्चिमको एक मात्र ठूलाे अस्पताल हो।

यहाँ एघारौं तहको चिकित्सक प्रमुख रहने व्यवस्था भए पनि हालसम्म उक्त तहको चिकित्सक पदस्थापन हुन सकेको थिएन।

आठौँ, नवौँ र दशौँ तहका चिकित्सकले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

हाल दशौँ तहका डा. नरेन्द्रकुमार खनाल निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत छन्।

डा. देवकोटा डडेल्धुरा अस्पताल पुग्ने निश्चित भएसँगै अस्पतालको नेतृत्व व्यवस्थापन सुदृढ हुने र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यद्यपि अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सकहरू अझै नपुगेको गुनासो कायमै छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.