डडेल्धुराका यातायात व्यवसायी सडकमा, आजपनि बन्द

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा रहेका यातायात व्यवसायीहरु आजपनि आन्दोलनमा उत्रिएका छन्।

गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले सोमबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन्।

Amargadhi Education

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

अजयमेरु फाैजी केरा

माग पूरा नहुँदासम्म  सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने लोकतान्त्रिक यातायात व्यवसायी संघ  डडेलधुराका अध्यक्ष महेश क्षेत्रीले बताए।

राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप क्षेत्रीको छ।

ऐनको विरोधमा उत्रिएका व्यवसायीहरुले आइतबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका कार्यवाहक अध्यक्ष दीपकराज भट्ट सरकारले मनलाग्दी ढंगले ऐन जारी गर्दै व्यवसायीहरूलाई मर्कामा पार्न खोजेको बताउँछन्।

ऐन खारेज गर्न माग गर्दै डडेल्धुराका यातायात व्यवसायी बिहानैदेखि सडकमा छन्। उनीहरूले रातो नम्बर प्लेटका सवारीलाई सडकमा देखे केरकार गरिरहेका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.