सुदूरपश्चिम यू–१६ छनोटमा पैसाको खेलोमेलो, डडेल्धुराका खेलाडीमाथि अन्याय !

dream cafe
learnar

डडेल्धुरा : एसीसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को लागि सुदूरपश्चिम प्रदेशबाट छनौट गरिएको क्रिकेट टोलीमा डडेल्धुराबाट एकजना मात्र खेलाडी परेपछि डडेल्धुरा जिल्ला क्रिकेट संघले कडा आपत्ति जनाएको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

GBL NEW

जसमा उपकप्तान अविरल विकसहित भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउँद, शुषिल रावल, रितेश विष्ट र आयुष चन्द सदस्यका रूपमा रहेका छन्।

वैकल्पिक खेलाडीमा रुद्र प्रसाद आचार्य, ध्रुव लुहार, महेश देउवा र शंकर बोहरा छन्।

डडेल्धुरा क्रिकेट संघले फाइनलसम्म यात्रा तय गर्न सफल आफ्ना खेलाडीहरूबाट केवल लोकेश चन्द मात्र अन्तिम टोलीमा पर्नु अत्यन्तै अन्यायपूर्ण भएको प्रतिक्रिया दिएको छ।

डडेल्धुराबाट खेलेका सुबेस सिंह रावल, एस कुमार कठायत र लोकेश चन्दले उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, चन्द बाहेक अन्यलाई छुटाइएकोप्रति संघले दुःख व्यक्त गर्दै विज्ञप्ति सार्वजनिक गरेको हो।

संघका अध्यक्ष हरि प्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “डडेल्धुरा फाइनलसम्म पुगेको टोली हो। सो टोलीका मुख्य खेलाडीलाई उपेक्षा गर्नु अन्याय मात्र होइन, भविष्यमा मेहनत गर्ने युवा खेलाडीको मनोबलमा गम्भीर असर पार्ने काम हो।”

विज्ञप्तिमा खेलाडी चयन प्रक्रियामा सम्भावित आर्थिक चलखेल र पक्षपातपूर्ण निर्णय भएको आशंका पनि व्यक्त गरिएको छ।

संघले नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिसँग तत्काल छानबिनको माग गर्दै निष्पक्ष र पारदर्शी छनोट प्रक्रिया सुनिश्चित गर्न आग्रह गरेको छ।

साथै, यस विषयमा पत्रकार महासंघसहित सम्पूर्ण सञ्चारकर्मीहरूलाई खोजमूलक समाचार सम्प्रेषण गर्न डडेल्धुरा क्रिकेट संघले अनुरोध गरेको छ।

यसअघि सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रंगशाला र कैलालीको फाप्ला मैदानमा भएको थियो।

प्रतियोगितामा सुदूरपश्चिमका ८ जिल्लाका टोलीहरूको सहभागिता थियो।

डडेल्धुराको टोली फाइनलसम्म पुगेको थियो, जुन उनीहरूको समर्पण र क्षमताको प्रमाण हो।

यू–१६ राष्ट्रिय प्रतियोगिता जेठ १९ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु हुँदैछ। सुदूरपश्चिमको पहिलो भिडन्त कोशी प्रदेशसँग हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.