बोहरा मेडिको सेन्टर

बाजुरा जीप दुर्घटना : नेपाल टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु, दुई घाइते

dream cafe
learnar

बाजुरा : बाजुराको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, दुर्घटनामा परेर नेपाल टेलिकम दूरसञ्चार प्राधिकरणका प्रमुख लोकबहादुर खड्का, चालक कर्ण महत, र बडीमालिका नगरपालिका–७ ढम्कनेका रवी धामीको ज्यान गएको हो।

CNA
Bohora ma 1

मृतकहरूको उमेर खुलाइएको छैन। घाइते हुनेहरूमा बुढीनन्दा नगरपालिका–२ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरुवा रहेका छन्।

उनीहरूलाई उद्धार गरी जगन्नाथ गाउँपालिकाको सहयोगमा कोल्टी आधारभूत अस्पतालमा उपचारका लागि पठाइएको छ।

बा ५ च २२०९ नम्बरको जीपमा सवार नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथस्थित टावरको मर्मतका लागि गइरहेका थिए।

सो क्रममा जीप करिब ८० मिटर तल सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.