कैलाली । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पत्रकारले कर्तव्यबाट अभिप्रेरित हुदै शासकको नभई समाजको अनुकूल काम गर्नुपर्ने बताउनुभयो ।
शुक्रबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा आयोजित पत्रकारहरुको क्षमता विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले जनताका कुरा नीतिकर्ता सम्म पु¥याउने दायित्व पत्रकारको रहेको बताउनुभयो । पोख्रेलले भन्नुभयो, पत्रकार सामाजिक रुपान्तरणको सिद्धान्तबाट अगाडी बढ्दै सामाजिक न्यायको पक्षमा अभिनुपर्छ । उहाँले पत्रकारलाई कानुन निर्माण गरेर दण्डीत होईन, क्षमता अभिवृद्धि मार्फत समृद्धिको खोजीगर्न तर्फ सरकार सक्रिय हुनु जरुरी छ ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम सरकार आन्तरीक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले मुलुकको व्यवस्था परिवर्तनमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । मन्त्री जोशीले अर्को प्रसंगमा बोल्दै नागरिकहरुमा सुचनाको हकको प्रत्याभुती दिलाउने काम पत्रकार र मिडिया माध्यमले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, विचारमा प्रष्ट, सेवा प्रवाहमा तटस्थ भई आफ्नो धर्ममा बसेर कलम चलाएमा राज्यलाई स्वच्छ रुपमा खबरदारी गर्न सकिन्छ । प्रदेश मन्त्रालय मिडियामैत्री रहेको बताउदै मन्त्री जोशीले आम संचार नीति निर्माणका लागी पत्रकारहरुको सहभागीता र सुझावका आधारमा काम अगाडी बढाइएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले स्वास्थ्य सुरक्षा कोषको कार्यक्रम कार्यान्वयनमा ल्याउन सुदूरपश्चिम सरकारलाई आग्रह गर्नुभयो । पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाप्रति महासंघ कटिबद्ध भएर लाग्ने बताउनुभयो ।
प्रदेश समितिको आयोजना संचालन भएको पत्रकार क्षमता विकास अभिमुखीकरण कार्यक्रममा सुदू्पश्चिम प्रदेशका नौ वटै जिल्ला शाखा अध्यक्ष लगायत तीन दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको छ ।