चर्चित देउडा गायक औजी रत्न पुरस्कारबाट सम्मानित

dream cafe
learnar

काठमाडौं : चर्चित डेउडा गायक महेशकुमार औजी डेउडा रत्न पुरस्कारुबाट पुरस्कृत भएका छन्। सोमबार काठमाडौंको प्रज्ञा भवन कमलादिमा आयोजित कार्यक्रममा उनी १ लाख २५ हजार १ सय ५१ राशिको ुहिमाल डेउडा रत्न पुरस्कार २०८० बाट सम्मानित भएका हुन्।

हिमाल डेनटल अस्पतालले दिँदै आएको हिमाल डेउडा रत्न पुरस्कार यसवर्ष गायक औजीले पाएका हुन्। हिमाल डेनटल हस्पिटलका अध्यक्ष डा राजेन्द्र भट्टको उपस्थितिमा पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र केपी शर्मा ओलीले उक्त पुरस्कार गायक औजीलाई हस्तान्तरण गरे। लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा समर्पित औजीको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरिएको अस्पतालका अध्यक्ष डा राजेन्द्र भट्टले बताए।

GBL NEW

प्रत्येक वर्ष हिमाल डेनटल अस्पतालले डेउडा गायक तथा सर्जकहरूलाई हिमाल देउडा रत्न पुरस्कार दिँदै आएको छ। यसअघि डेउडा गायक अन्तराम विष्ट पनि नगद सहित हिमाल डेउडा रत्न पुरस्कारबाट सम्मानित भएका थिए। हिमाल डेउडा रत्न पुरस्कारबाट सम्मानित हुँदा खुसी लागेको र अझै आफ्नो कला संस्कृतिलाई चिनाउनको लागि लागिपर्ने गायक औजीले बताए।

सुदूरपश्चिमी भाषाका ५ सय भन्दाबढी गीत सिर्जना गरेका औजीले सयौं गीतमा स्वर पनि दिएका छन्। बैतडीको पञ्चेश्वर बिजुलमा जन्मेका डेउडा गायक औजी अहिले राष्ट्रिय कलाकारका रूपमा स्थापित छन्। अनिता एइबिराना देश मत, कलेजी कटौन्या मायालगायतका थुप्रै चर्चित डेउडा गीत गाएर आफनो पहिचान बनाएका औजी दर्शक स्रोताको मन मुटुमा बस्न सफल छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.