बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमकाे डीआईजीमा भट्टको चर्चा

dream cafe
learnar

डडेल्धुरा : एआईजी बढुवासँगै प्रहरी संगठनमा ठूला फेरबदल भइरहेका छन्।

सातै प्रदेशका प्रमुख पद रिक्त भएपछि अब डीआईजीहरुको  प्रदेश सरुवामा  प्रतिस्पर्धा चुलिएको छ।

CNA

यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा डीआईजी राजेन्द्रप्रसाद भट्टको नाम  चर्चामा आएको छ।

स्रोतका अनुसार सुदूरपश्चिम प्रदेशमा भट्टको सरुवा हुने प्रबल सम्भावना रहेको छ।

Bohora ma 1

डीआईजी भट्ट प्रहरी संगठनमा इमानदार, कर्मठ र दूरदृष्टि भएका अधिकृतको रूपमा परिचित छन्।

भट्टको घर सुदूरपश्चिम नै हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय करिब एक महिनादेखि निमित्त प्रमुखको भरमा सञ्चालन छ।

यहाँको जिम्मेवारी एसएसपी प्रकाश मल्लले सम्हालिरहेका छन्।

भट्टसँगै दिनेश आचार्य, ईश्वर कार्की, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, डम्बर विक, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, गोविन्द थपलिया र अरुण पौडेल पनि आफू पायक पर्ने प्रदेशमा सरुवाका लागि लबिङमा छन्।

सबैको जोड मधेस र लुम्बिनी प्रदेशमा रहेको बुझिन्छ। मुख्यमन्त्री हिक्मत कार्की निकट भएकाले ईश्वर कार्की कोशी जाने सम्भावना छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.