१२ दिनका लागि एआइजीमा बढुवा भए भट्टराई

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीका डिआइजी जनक भट्टराईको एआइजीमा बढुवा भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो।

GBL NEW

भट्टराई १२ दिन मात्र पदमा रहनेछन्।

३० वर्षे सेवाहदका कारण उनले आगामी ४ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन्।

भट्टराईलाई अवकाशअघि एआइजीमा बढुवा गर्नकै लागि गृह मन्त्रालयले एआइजी रबिन्द्र केसीलाई राजीनामा दिन लगाएको थियो।

अवकाशपछि एआइजीको सेवा सुविधा धेरै हुने भएकाले यसरी पदमा रहेकालाई राजीनामा दिन लगाएर उनको बढुवा गरिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.