प्रहरी अधिकारीबाटै लुटिए क्रिप्टो कारोबारी, पक्राउपछि खुल्यो काण्ड

dream cafe
learnar

काठमाडौं : अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न व्यक्तिलाई प्रहरीले नै लुटेको खुलासा भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी एवं प्रवक्ता अपिलराज बोहोराका अनुसार क्रिप्टो कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाने क्रममा प्रहरीसहितको संलग्नता देखिएको हो।

सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्राती पक्राउ परेका छन्।

धादिङको खनियावास गाउँपालिका–४ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २६ वर्षीय रोशन गुरुङलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो।

अजयमेरु फाैजी केरा

उनको साथमा रहेको चौध लाख रुपैयाँ प्रहरीको परिचयपत्र र हतकडी देखाएर लुटपाट भएको उनले प्रहरीसमक्ष बताएका थिए।

सो क्रममा अनुसन्धान गर्दै जाँदा प्रहरीका तीन अधिकारीसहित ६ जना व्यक्तिहरू संलग्न देखिन आएको एसपी बोहोराले बताएका छन्।

पक्राउ पर्ने अन्यमा मोरङको सुन्दरहरैचा नगरपालिका–२४ का २४ वर्षीय कपिल बस्नेत, दोलखाको रातमाटे गाउँपालिका घर भई हाल सुनसरीको इटहरी नगरपालिका–६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङको बेलबारी घर भइ हाल विराटनगर–घ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका छन्।

उनीहरू सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी बोहोराले बताए। क्रिप्टो कारोबारमा संलग्न गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले एक अर्ब सतासी करोड सात लाख तेह्र हजार एक सय ६२ रुपैयाँ कारोबार गरेको खुलेको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.