काठमाडौं : एकजना विवादस्पद डीएसपीको जिम्मेवारी खोसिदा तीन डीएसपीको काज सरुवा भएको छ ।
लम्जुङ प्रहरी प्रमुख रहेका डीएसपी निशान्त श्रीवास्तवले कार्यक्षेत्र र संगठनको जिम्मेवारी विपरीतको कार्य गरेपछि उनी त्यहाँबाट प्रधान कार्यालय तानिएका छन् ।
लम्जुङ जिप्रकाको डीएसपीमा रेशम बोहराको काज सरुवा भएको छ ।
प्रधान कार्यालयस्थित विशेष व्युरोले खोजिरहेका एक मुद्दा अभियोगी पक्राउ प्रकरणमा डीएसपी श्रीवास्तव विवादमा मुछिएका थिए ।

उनले लम्जुङबाट माथिल्लो निकायलाई जानकारी नदिई काठमाडौंमा एक भारतीय नागरिक पक्राउ गरेको र आफ्नो संगठनलाई नबुझाई भारतीय प्रहरीको जिम्मा लगाएको आरोप लागेको छ ।
उनले पक्राउ गरेका ती व्यक्तिको प्रधान कार्यालयस्थित विशेष व्यूरोद्वारा खोजी भइरहेको थियोे ।
यसबारे डीएसपी श्रीवास्तवमाथि अनुसन्धान चलिरहेको केन्द्रीय प्रहरीस्रोतले जनाएको छ । यद्यपि प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले यसबारे अनभिज्ञता जनाए ।
श्रीवास्तवको जिम्मेवारी खोसिएको लम्जुङमा बोहरा सरुवा हुँदा अर्का डीएसपी माधव काफ्ले सप्तरीस्थित इलाका प्रहरी कार्यालय, कन्चनपुर र नवलपरासी सुस्ता पश्चिममा डीएसपी वीरदत्त पन्त सरुवा भएका छन् ।
नवलपरासी सुस्ता पश्चिमका डीएसपी महेन्द्र नेपाल कार्य अवधि पुरा भएर सरुवामा परेको स्रोतले जनायो ।