सशस्त्रकि इन्सपेक्टर महतले रोजिन् मृत्युु

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा तालिमरत निरीक्षक सन्तोषी महतले घाँटीमा पासो लगाएकी छन् ।

पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामपाटनमा सञ्चालित सि.सं. १७ आधारभूत तालिममा रहेकै बखत हिजो राति साढे ९ बजे शौचालयमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् ।

शिक्षालय परिसरभित्र प्रशिक्षार्थी महिला ब्यारेकसँगै जोडिएको शौचालयको बाँसको बलोमा उनी झुण्डिएकी हुन् ।

Alital

स्रोतका अनुसार नाइलनको डोरीले पासो लगाएकी र ३७ नम्बर गणमा कार्यरत महत सिन्धुपाल्चोक,लौगर्चे वडा नम्बर ४ की स्थायी बासिन्दा हुन् ।

उक्त तालिममा प्रमुख प्रशिक्षक तेज पोख्रेल र कमाण्डेन्ट सुधिरजङ्ग थापा छन् ।

सशस्त्र प्रहरी जवानको रुपमा फौजमा प्रवेश गरेर असईमा नाम निकालेकी उनी बडो दु:खका साथ इन्सपेक्टरमा उक्लन सफल भएकी थिइन् ।

सुखद भविष्यको कल्पना गर्दागर्दै किन जीवनदेखि हार मानिन्-अनुसन्धान नसकिएसम्म यसै भन्न सकिने स्थिति छैन ।

kirsi Gyan
Leave A Reply

Your email address will not be published.