मुख्यमन्त्रीको सपना, विना विभागीय मन्त्रीमै यात्रा टुंगियो : खगराज भट्ट (भिडियोसहित)

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्टले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने आशामा मात्रै प्रदेशमा चुनाव लडेको बताएका छन्।

परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५०औं स्थापना दिवस (स्वर्ण जयन्ती) उद्घाटन समारोहमा बोल्दै उनले मुख्यमन्त्री नभएर माननीय मात्रै हुन्छु भन्ने थाहा भएको भए चुनाव नलड्ने बताएका हुन्।

Bohora madico

उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशमा चुनाव जिते मुख्यमन्त्री बनाउने भनेको कारण प्रदेशमा चुनाव लडेको बताए।

‘खगराज जी प्रदेशमा चुनाव लड्नुस् संघमा शेरबहादुरलाई छोड्नुस् हाम्रो गठबन्धन छ, चुनाव जित्नु भो भने मुख्यमन्त्री तपाईं भन्नू भाथ्यो,’ उनले भने, ‘मुख्यमन्त्री भइयो भने दुईचार  अर्व यहाँ हालाैला। त्यो पैसाले कहाँ के गर्नुपर्छ भनेर तपाईंहरूसँग सल्लाह गराैला सोच्या थे। तर, मुख्यमन्त्री बनाएको गठबन्धन त चुनाव जितेको दुई महिनापछि सकियो। काँग्रेस प्रतिपक्ष, माओवादी कता, म कता, अर्को कता।’

अहिले दुई ठूला दल एमाले र काँग्रेसको सरकार भएकोले आफूहरू प्रतिपक्षमा रहेको बताउँदै उनले प्रतिपक्षबाट खबरदारी गर्ने बताए।

पूर्व  भाैतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा चुनाव जितेर सबैभन्दा बढी बजेट भएको मन्त्रालयको मन्त्री बन्न पाएको उनले जिकिर गरे।

उनले भने, ‘पठान जी कमसेकम चुनाव जितेर सबैभन्दा बढी बजेट भएको भाैतिक पूर्वाधार मन्त्रालयको मन्त्री त हुन पाउनु भो। दूर्भाग्य म त मुख्यमन्त्री भनेर गएको मान्छे  भाैतिकै भएपनि एक महिना मन्त्री के भएको थे। बिना विभागीय मन्त्री मै जागिर सकियो। पालै आएन त्यसपछि अब के गर्ने तपाईंहरू आफै भन्नुस्।’

HARDIK AGRo NEw

परशुराम नगरपालिकाका मेयर भरत जोशीलाई उत्तर दिँदै उनले प्रधानमन्त्री (शेरबहादुर देउवा) भएर दैजी-जोगबुढाको बाटो बनाउन सकिँदैन भने प्रदेशको माननीय भएर सकिन्छ त ? यो प्रश्न सोध्ने अधिकार मलाई पनि होलानि भन्दै प्रश्न गरे।

तत्कालीन भाैतिक पूर्वाधार मन्त्री प्रकाश देउबासँग बुढी तोलामा पहिरो गएको समयमा दैजी-जोगूढालाई बैकल्पिक बाटो बनाउ भन्दा सुनुवाइ नभएको दाबी गरे।

उनले अहिले बजेट विनियोजन प्रक्रिया  नजिकबाट अनुभव गरेको उल्लेख गर्दै भने, ‘आखिरमा त्यही ठाउँमा गएर हुने रहेछ, घरमै बसेर बजेट आउने भए त तपाईंहरू पनि योजना ल्याइ हाल्नु हुन्थ्यो। त्यहीँ सिंहासनमा बसेर कलम घोटेर आउने रहेछ।’

माननीय डा. ताराप्रसाद जोशी र आफू अहिले एकै विकास समितिमा रहेको बताउँदै उनले दैजी-जोगबुढा सडक प्राथमिकतामा राखेको बताए। जोशी र आफू मिलेर काम गरिरहेको उनको भनाइ छ।

उनले अहिलेसम्म गरेको कामको समीक्षा हुनुपर्ने बताए।

‘हामीहरूले गरेको कामको समीक्षा जनताले गर्नुपर्छ। हामीले काम गरेनौं भने कान समातेर आदेश दिनु पर्यो। तपाईंले दिएको आदेश म टाउकाले टेकेर मनबाट गर्न तयार छु,’ उनले भने।

हेर्नुस् भिडियो : 

https://www.facebook.com/share/v/14pKJF1Scj/

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.