बोहरा मेडिको सेन्टर

सुदूरपश्चिमका माननीयलाई नयाँ ल्यापटप दिने तयारी, पुराना गोदाममा

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई नयाँ ल्यापटप दिने तयारी थालिएको छ। प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको हो।

सचिवालयले सांसदहरूका लागि अघिल्लो कार्यकालमा खरिद गरेको ल्यापटप काम नलाग्ने भन्दै गोदाममै थन्क्याएर नयाँ ल्यापटप खरिद गर्न लागेको हो।

CNA

प्रदेश सभा सचिव देवबहादुर बोगटीले आर्थिक मामिला मन्त्रालयले नै बजेट विनियोजन गरेको र खरिदका लागि टेण्डर आह्वान गरिसकेकाे बताए।

GBL NEW

उनले भने, ‘पुराना ल्यापटप कामै नलाग्ने भइसकेकाले पनि नयाँ खरिद गर्न लागेका हौं।’

५३ जना प्रदेश सभा सदस्यमध्ये १० मन्त्री र पदाधिकारी भइसकेकाले बाँकी ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको सचिवालयले जनाएको छ।

जसका लागि ४७ लाख रुपैयाँ लाग्ने बताइएको छ। प्रति ल्यापटपमा एक लाख रुपैयाँभन्दा बढी खर्च गर्न लागिएको हो।

प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेश सभा सचिवालयले २७ लाख खर्च गरेर सांसदका लागि ल्यापटप खरिद गरेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.