बोहरा मेडिको सेन्टर

बार काउन्सिल निर्वाचन: सुदूरपश्चिममा डडेल्धुराका कठायत विजयी

dream cafe
learnar

डडेल्धुरा : नेपाल बार एसोसियसनको नेपाल बार काउन्सिल (नेपाल कानून व्यवसायी परिषद्)को सुदूरपश्चिममा नेपाली काँग्रेस निकट डीएलएका टेकबहादुर कठायत निर्वाचित भएका छन्।

उनले एमाले निकट पीपीएलएका निरञ्जन बिष्टलाई पराजित गरेका हुन्। विजयी कठायतले १४५ मत पाउँदा बिष्टले १०८ मत पाए।

CNA

विजयी भएका कठायत डडेल्धुराका हुन्। अमरगढी नगरपालिका-३ तल्लीपीड घर भएका उनी हाल कञ्चनपुर बस्दै आएका छन्।

परिषद्को निर्वाचनमा एमाले र माओवादी निकट कानून व्यवसायीहरुले तालमेल गरेका थिए।

GBL NEW

एमाले र माओवादीले एकातिर तालमेल गर्दा अर्कोतिर कांग्रेस निकट डीएलए र नेकपा एस निकट एसपीएलएबीच चुनावी गठबन्धन भएको थियो।

बार काउन्सिलले वकिललाई लाइसेन्स दिनदेखि तालिमलगायतका नियामक निकायको काम गर्छ।

लाइसेन्सप्राप्त नवीकरण गरेका सबै कानून व्यवसायी काउन्सिलका मतदाता हुन्।

यसको अध्यक्ष महान्यायाधिवक्ता हुन्छन् भने उपाध्यक्ष नेपाल बारको अध्यक्ष हुन्छन्।

अन्य प्रदेशमा को हेर्नुस् सूची:

Ddl dental
Leave A Reply

Your email address will not be published.