बोहरा मेडिको सेन्टर

अर्जुन ट्रफी : दिपेन्द्र धनगढीबाट खेल्ने, अत्तरियाबिरुद्ध मैदान उत्रिदै

dream cafe
learnar

डडेल्धुरा : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दिपेन्द्रसिंह ऐरीले डीसीए धनगढीबाट खेल्ने भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा माघ १९ देखि प्रतियोगिता चलिरहेको छ।

CNA

धनगढी प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। उसले भोलि फाइनल प्रवेेशका लागि सीवाइसी अत्तरियासँग भिड्दै छ।

GBL NEW

दिपेन्द्रको आगमनले धनगढी बलियो बनेको छ। यी दुई टिमबीचको बिजेताले फाइनलमा डडेल्धुरासँग खेल्ने छ।

गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल माघ २८ गते हुने छ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ।

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.