बोहरा मेडिको सेन्टर

डडेल्धुरामा लापसे चेकजाँच सुरु, एकजना प्रहरी नियन्त्रणमा

dream cafe
learnar

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराले लापसे चेकजाँच सुरु गरेको छ।

आज (शुक्रबार) देखि लागूपदार्थ सेवन चेकजाँच गर्न सुरु गरिएको हो।

CNA

लापसे अन्तर्गत सवारी चालकहरूले लागूपदार्थ सेवन गरेको नगरेको चेक जाँच गरिन्छ।

लापसे चेक गर्ने किडको सहयोगले पिसाबमार्फत यो चेकजाँच गरिन्छ।

GBL NEW

चालकले ड्रग, हिरोइन, ब्राउन सुगर, गाँजा आदी सेवन गरेको खण्डमा पिसाब र किडको माध्यमबाट थाहा हुनेछ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आज १३ जना सवारी चालकको चेकजाँच गरिएको थियो।

१३ जनामध्ये एक जनाले लागूपदार्थ सेवन गरेको (पोजेटिभ रिपोर्ट) पाइएको डीएसपी श्रेष्ठले बताए। उनको नाम खुलाइएको छैन भने उनी प्रहरीको नियन्त्रणमा छन्।

पोजेटिभ देखिएका चालकबारे विस्तृत विशेषज्ञ डाक्टरसँगको परामर्शपछि मात्रै थाहा हुने उनले बताए।

लापसे चेकजाँचका लागि डडेलधुराको अस्पताल प्रयोगशालाको टिमले सहयोग गरिरहेकाे छ।

डडेलधुराको हकमा लापसे चेकजाँच पहिलोपटक गरिएको र अब आवश्यकता अनुसार निरन्तर गरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.