बोहरा मेडिको सेन्टर

नेपालमा लोप भइसकेको भनिएको ‘सानो ओत’ १८५ वर्षपछि डडेल्धुरामा भेटियो

dream cafe
learnar

डडेल्धुरा : नेपालमा लोप भइसकेको भनिएको ‘सानो ओत’ १८५ वर्षपछि भेटिएको छ।

विशेषज्ञ समूहका मोहनविक्रम श्रेष्ठ, गंगा श्रेष्ठ, हिरुलाल डंगौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सावेज र जुओफु जियाङले गरेको अध्ययनका क्रममा डडेल्धुराको रंगुन खोला र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको हो।

CNA

जबकी, यसअघि नेपालमा सानो ओत सन् १८३९ देखा परेको थिएन् भने अस्तित्वको कुनै ठोस प्रमाण थिएन।

GBL NEW

जसकारण सानो ओत नेपालबाट लोप भइसकेको आशंका गरिएको थियो।

‘हामीले १८५ वर्षपछि पहिलोपटक नेपालमा सानो ओत फेला परेको फोटोसहित प्रमाण प्रस्तुत गरेका छौं, सन् २०२४, नोभेम्बर महिनामा सुदूरपश्चि नेपालको डडेल्धुरा जिल्लाको रंगुन खोला र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको थियो। एक हप्तासम्म पालनपोषण पश्चात छाउरा सानो ओतलाई पुनः बासस्थानमा स्थान्तरण गरेका थियौँ, छाउरा सानो ओत भेटिनु उक्त स्थानमा अन्य ओतहरू पनि भएको जनाउँछ। सानो ओतको यस महत्वपूर्ण अभिलेखसँगै विस्तृत अध्ययन र संरक्षणका पहलको आवश्यकता छ,’ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को वेबसाइटमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नेपालमा यसबाहेक कालो ओत (यूरेशियन ओटर) र खैरो ओत (स्मूथ कोटेड ओटर) पाइन्छन्। विश्वमा १३ प्रजातिका ओत पाइन्छन्।

आइयूसिएनको सूचीमा संकटापन्न वर्गमा राखिएको ओत संवेदनशील प्राणी हो। ओत पानीमा बस्ने प्राणी हो।

माछा, भ्यागुता, यसका आहारा हुन्। मुख्य आहारा माछा भए पनि यसले भ्यागुता, चरालगायत प्राणी पनि खाने गर्छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.