वडा केन्द्रित ‘जरा अभियान’मा एमाले डडेल्धुरा

dream cafe
learnar

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) डडेल्धुरा जिल्ला कमिटीले तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरेको छ।

अभियानको सुरुआतमा एमालेले माघ २० र २१ गते जिल्लाको भित्री मधेस अन्तर्गत आलितालमा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरेको छ।

Amargadhi Education

वडाकेन्द्रित अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ। २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको थियो।

पार्टीको चौथो पूर्ण बैठकले जरा अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार जिल्लास्थित पार्टीका नेता–कार्यकर्तालाई एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पार्टीका केन्द्रीय कमिटी सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा, प्रदेश कमिटी सचिव रणबहादुर चन्दले अभियान केन्द्रित प्रशिक्षण दिएका थिए।

प्रचार विभाग प्रमुख सुन्दर जैरुका अनुसार बैठकले जिल्लाको सात वटै स्थानीय तह र ५२ वटै वडामा उत्प्रेरक तथा सहजिकरणको लागि नेताहरूको कार्य विभाजन गरेको छ।

जसअनुसार समग्र जिल्लाको नेतृत्व पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज पठानसिंह बोहरा, केन्द्रीय सल्लाहकार परिषद सदस्य पदमराज जोशी र जिल्ला अध्यक्ष गजेन्द्र शाहीले गर्ने जैरुले जानकारी दिए।

उनले प्रदेश निवार्चन क्षेत्र १ को नेतृत्व प्रदेश कमिटी सचिवालय सदस्य गजेन्द्रबहादुर शाही तथा क्षेत्र २ को नेतृत्व प्रदेश कमिटी सचिवालय सदस्य ज्ञानु गैरे, पालिकाको नेतृत्व प्रदेश कमिटी सदस्यहरू, वडाको नेतृत्व जिल्ला कमिटी सदस्य, टोलको नेतृत्व पालिका कमिटी सदस्यले र जनताको घरघरको नेतृत्व टोल कमिटीले गर्ने  विस्तृत कार्ययोजना पारित गरेको बताए।

अजयमेरु फाैजी केरा

एमालेले अहिले देशभर वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ।

जरा अभियानमा एमाले डडेल्धुराले गर्ने काम
-पार्टी सदस्यता नवीकरण र विस्तार कुल मतदाताको ६ प्रतिशत पुर्याउने।

-आधारभूत(टोल) तहसम्म पार्टी कमिटीका अधिवेशन सम्पन्न गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने, पार्टी सम्वद्ध सवै जनसंगठनको सदस्यता व्यापक रूपमा विस्तार गर्ने।

-पार्टी सम्बद्ध सबै जनसंगठनलाई आ-आफ्नो वर्ग/समुदायको नेताको रूपमा स्थापित गर्ने। विशेषगरि नयाँ पुस्तालाई पार्टीमा जोड्ने।

-सोसल मिडियामा नियोजित रूपमा सम्प्रेषित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने।

-पार्टी जीवनको शुद्धीकरण, स्थानीय तहको पार्टी नेतृत्वको क्षमता विकास र जनता माझ नेतृत्व स्थापित गर्ने।

-जनतासँग प्रत्यक्ष संम्वाद गर्ने गरि सबैका घरमा पुगि आधारभूत समस्याको पहिचान मार्फत विकास समृद्धिको योजना तयार गर्ने।

-पार्टीको सिद्धान्त,कार्यक्रम र नीतिमा आधारित रहेर प्रशिक्षणको काम अगाडि बढाउने तथा पार्टीको नीति र कार्यक्रमको आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने।

-जनतासँग प्रत्यक्ष सम्वाद गरि जिल्लाको आर्थिक, सामाजिक क्षेत्रको रुपान्तरणको विषयमा समृद्धिको खाका तयार गर्ने।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.