बोहरा मेडिको सेन्टर

डडेल्धुरा मेडिकल कलेजमा अब वीपीएच र वीएस्सी नर्सिङको पढाइ

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेल्धुरा मेडिकल कलेजले आइतबारदेखि थप दुई संकायको पढाइ शुरु गरेको छ।

वीपीएच (ब्याचलर इन पब्लिक हेल्थ) र वीएस्सी नर्सिङ  (ब्याचलर अफ साइन्स इन नर्सिङ) सञ्चालनको अनुमति पाएको मेडिकल कलेजले पठनपाठन शुरु गरेको हो।

CNA

यसअघि गत वर्षदेखि कलेजले  बिएस्सी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी)को पठनपाठन शुरु गरेको थियो।

मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले वीपीएचमा १० र वीएस्सी नर्सिङ मा २० जनाको कोटा पाएकोमा अहिलेसम्म वीपीएचमा ५ र वीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएको बताए।

उनकाअनुसार १० जनाको कोटा रहेको बिएस्सी एमएलटीमा ६ जना भर्ना भएका छन् भने गत वर्ष ८ जना भर्ना भएका थिए।

मेडिकल कलेजका सह प्रध्यापक धर्मराज भट्टले दुई वर्षको अवधिमा तीनवटा कार्यक्रम पाउनु खुसीको कुरा भएको बताए। उनले सबैको महत्त्वपूर्ण भूमिकाले उपलब्धि हासिल गर्न सफल भएको बताए।

GBL NEW

‘यो सफलताको बाटोमा पहिलो स्टेप हो, अन्त्य होइन्,’ उनले भने, ‘अझै थप कार्यक्रम आउनेछन्। अस्पतालको स्तरोन्नति हुँदै गयो भने एमबीबीएसको पनि पढाइ हुन्छ।’

डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा सफलता पाएको बताए।

उनले भने, ‘विद्यार्थीलाई गर्नुपर्ने सहयोगका लागि अस्पताल सधैं तयार छ। अस्पतालको अझै स्तरोन्नति गर्दै छाैं।  तीनसय बेडको अस्पताल  बन्यो भने एमबीबीएस पढाइ हुने मेडिकल कलेज पाउने छाैं।’

कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत पनि गरिएको छ ।

सरकारले डडेल्धुरा अस्पताललाई १० माघ २०७८ मा मेडिकल कलेजका  रुपमा विस्तार गर्ने निर्णय गरेको थियोे। यो कलेज सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुनेछ।

एमबीबीएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय श्ययायामा स्तरोन्नति हुन आवश्यक छ।

अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.