बोहरा मेडिको सेन्टर

पथिक…

dream cafe
learnar
Bohora ma 1

शिखरको सफल आरोहण गर्ने
अटल महत्वाकांक्षा बोकेका
पथिकका पैतलाहरू अचेल
आधार शिविरमै लरवराउन खोज्दैछन्
अबोध निस्कपट कैलुलाई भएको प्रहारले
घायल कैलुको हृदय विदारक पीडाले
पथिकको मन बिचलित भएको छ
गन्तव्यमा पुगाउने योग्य अभिभावकको
अभावमा अलपत्र परेका जीवन
कैलुहरूका जीवनका सारथीहरूलाई
पथिक सोध्न चाहन्छ
थामेर किन छोड्याै हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी कसैले चिन्न सकेन
तिमी बग्यौ  कुन सागरमा मिल्न
लहरहरू मैले भुल्न सकिँन
कैलुको घाउ सम्झेर
रोएर बिते पथिकका रातहरू
स्वामी छ कोही घायल बनाउने कोही
साहारा दिने देवदुत कोही
यस्तै यस्तै पीडा मधुर अनुभुहरूसँग
आउँछ गोधुलीसाँझहरू बोकेर
जब पथिक लेख्छ, तिमीलाई देख्छ
जब देख्छ तिमीलाई तब लेख्छ
यहाँ लेख्न पनि तिमी नै चाहिने
अनि देख्न पनि तिमी नै
कस्तो अनौठो चिज छ तिमीसँग
यहाँ कथा बन्न पनि तिमी नै चाहिन्छ
व्यथा बन्न पनि तिमी नै चाहिन्छ
निदाँउछन् पथिकका रातहरू
विशाल छातीमा
पोखिन्छ प्रेम फेरि कतै अङ्ग अङ्गमा
मिलन बिछोड र प्रहार पीडा
अनि उद्वारका कथाव्यथाको सागरमा
कहिले भयभीत पुलंकीत हुँदै
कहिले लरवराउदै र उफ्रिदै
पथिक गन्तव्यपथमा लम्किरहन्छ, लम्किरहन्छ।

लेखक उमेशप्रसाद भट्ट (विकास) अजयमेरू गाउँपालिका डडेल्धुराका अध्यक्ष हुन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.