बैतडीको पाटनमा बलिङ गति मापन प्रतियोगिता, विजेतालाई भारतमा निःशुल्क तालिम अवसर

dream cafe
learnar

बैतडी: इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले बैतडीको पाटनमा ‘वर्ल्डलिङ्क बीट द स्पिड–सिजन ३’ आयोजना हुँदै छ।

पाटन नगरपालिका–६ स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेल प्राङ्गणमा आगामी वैशाख २२ गते ‘वर्ल्डलिङ्क बीट द स्पिड–सिजन ३’ कार्यक्रम आयोजना हुने भएको हो।

अजयमेरु फाैजी केरा

कार्यक्रममा विशेषगरी बलरहरूलाई लक्षित गर्दै आफ्नो बलिङ गति परीक्षण गर्ने अवसर प्रदान गरिने वर्ल्डलिङ्क अत्तरियाका म्यानेजर राजेन्द्र बिष्टले जानकारी दिए।

बैतडी, डडेल्धुरा, दार्चुला र बझाङका क्रिकेटप्रेमी युवाहरूलाई कार्यक्रममा सहभागी हुन उनले आह्वान गरे।

यस प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्ने सहभागीले आकर्षक पुरस्कार स्वरूप भारतस्थित क्रिकेट प्रशिक्षण केन्द्रमा ३ महिनासम्म निःशुल्क तालिम पाउने अवसर प्राप्त गर्नेछन्।

बिष्टका अनुसार, कार्यक्रमले स्थानीय स्तरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.