बोहरा मेडिको सेन्टर

डडेल्धुराको अमरगढीमा सरुवा गरिएका उपसचिव ओझाले दिए राजीनामा

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझाले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता समेत रहेका ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्याका कारण ११ वैशाखमा प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्यालसमक्ष राजीनामा बुझाएका हुन्।

CNA
GBL NEW

सरकारले उनलाई डडेल्धुराको अमरगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो।

तर, स्थानीय तहमा काम गर्ने अनुभव नभएको, स्वास्थ्य अवस्था अनुकूल नभएको र सेवाको अन्तिम चरणमा बढी तनाव लिएर काम गर्न नसक्ने अवस्थाका कारण राजीनामा दिनु परेको उनले बताएका छन्।

ओझाका अनुसार आफ्नो सेवा अवधि करिब एक वर्ष मात्र बाँकी थियो। उनी २९ वर्षअघि नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका थिए।

कैलालीको गोदावरी नगरपालिका–६ लालपुर निवासी ओझा हालसम्म मुख्यमन्त्री कार्यालयको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिरहेका थिए

Ddl dental
Leave A Reply

Your email address will not be published.