कृषि ज्ञान केन्द्र डडेल्धुराद्वारा कृषि यान्त्रीकरण मर्मत तालिम

dream cafe
learnar

डडेल्धुरा : कृषि ज्ञान केन्द्र डडेल्धुराले किसानलाई दुई दिनसम्म कृषि यान्त्रीकरण मर्मत–सम्भार सम्बन्धी प्रयोगात्मक तालिम दिएको छ।

तालिमपछि सहभागीहरूले ‘खेतबारीमा जोत्दा जोत्दै ट्याक्टर बिग्रिने, सामान्य समस्याका कारण काम रोकिने जस्ता समस्या अब समाधान हुने’ विश्वास व्यक्त गरेका छन्।

कृषि यान्त्रीकरणको सामान्य मर्मत गर्न सक्ने ज्ञान प्राप्त भएको एक सहभागीले बताए।

सहभागीहरूले कार्यालयले बेला–बेलामा यस्ता तालिम दिनुपर्नेमा जोड दिएका छन्।

कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुले अहिले गोरुबाट जोत्ने प्रचलन घट्दै गएको र मेसिन प्रयोग बढ्दै गएको अवस्थामा यस्तो तालिम आवश्यक रहेको बताए।

अजयमेरु फाैजी केरा

कृषिसँग सम्बन्धित मेसिन–औजार गाउँसम्म पुगे पनि मर्मतका लागि बजार ल्याउनुपर्दा दुःख हुने भएकाले अब आफ्नै ठाउँमा मर्मत गर्न सकिने र यसले खर्चसमेत घटाउने उनले बताए।

कार्यक्रममा अधिकांश युवापुस्ताको सहभागिता रहेकाले कृषि क्षेत्रमा लगानी र उत्पादन बढ्ने विश्वास व्यक्त गरिएको छ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीले आधुनिककरणका लागि यान्त्रीकरण आवश्यक रहेको बताए।

उनले कृषि उत्पादन बढाउन युवाहरूको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै तालिम लिएका किसानहरूले आफ्नो समुदायका अन्य किसानको समस्या समाधानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

तालिममा जिल्लाका सातवटै स्थानीय तहबाट तीन–तीन जना गरी कुल २१ जनाको सहभागिता रहेको थियो।

तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्रका साथै कृषि यान्त्रीकरण मर्मतका लागि आवश्यक उपकरण समेत हस्तान्तरण गरिएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.