अछाम प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा सरस्वतीको हत्या, घटना देखेपछि मारिइन् इशरा

dream cafe
learnar

अछाम: अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ।

अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुईवटा कारण खुलाइएको छ। जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ।

Amargadhi Education

प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन्। प्रहरीले उनीहरुको परिवर्तित नाम (६९ मंगलसेन ७३) र (६९ मंगलसेन ७६) राखेको छ।

बालक भएकाले उनीहरुको नाम नखुलाइएको अछामका प्रहरी, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।

अजयमेरु फाैजी केरा

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको खुलेको छ। ती बालकहरुले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ।

परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए। ‘उनले दिन अस्वीकार गरिन,’ डीएसपी भण्डारीले भने, ‘सोही व्यक्तिले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे। सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन्।’

यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ। बाख्रा चराउनका गएका दुई किशोरीको अघिल्लो शुक्रबार (माघ ११) गते हत्या भएको हो।

हेर्नुस् प्रेस विज्ञप्ति : 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.