बोहरा मेडिको सेन्टर

अर्जुन ट्रफी : डडेल्धुरा भर्सेस धनगढी, कसको पल्ला भारी ?

dream cafe
learnar

डडेल्धुरा : धनगढीमा  आयोजना हुन गइरहेको अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा फेन्ड्स युवा क्लब डडेल्धुरा र डिसिए धनगढीबिच प्रतिस्पर्धा हुनेछ।

भोलि माघ १९ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा डडेल्धुराले धनगढीको सामना गरिरहेकाे हो।

CNA

डडेल्धुरालाई उपाधि दाबेदार टिमका रूपमा हेरिएको छ। डडेल्धुरामा  राष्ट्रिय क्रिकेट टोलीका नाम चलेका खेलाडीको बाहुल्यता रहेको छ।

सन्दीप जोराको कप्तानीमा रहेको डडेल्धुरामा बिनोद भण्डारी, कुशल भुर्तेल जस्ता खेलाडी छन्।

धनगढीमा राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण सदस्य स्पिनर ललित राजवंशी, लोकेश बम जस्ता खेलाडी छन्। त्यसैले यी दुईबीचको खेल रोचक हुने अनुमान छ।

डडेल्धुराले माघ २१ मा वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ मा घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ।

GBL NEW

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो।

प्रतियोगितामा सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोस्टन क्रिकेट झापा रहेका छन्।

समूह ‘बी’ मा सिवाइसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ  र न्यु होराइजन बुटबल रहेका छन्।

फाइनल खेल माघ २८ गते हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगिताको विजेतालाई १० लाख र उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ।

यस्तै सर्वोकृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई जनही ५०/५० हजार रुपियाँ प्रदान गरिनेछ।

प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ प्रदान गरिनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.