अछाममा दुई किशोरी मृत फेला, चिकित्सकसहित प्रहरीको टोली घटनास्थलमा

dream cafe
learnar

डडेल्धुरा : अछाममा दुई किशोरी मृत फेला परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ को छिन्ने ओडारको जंगलमा दुई किशोरी मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीका अनुसार गाउँपालिका-८ घोडासैन घर भएका १४ वर्षीया इश्वरी खड्का र सरस्वती खड्काको शव फेला परेको हो।

GBL NEW

डीएसपी भण्डारीले भने, ‘दुबै किशोरी एकै घरका फुपू र भदै हुन्। शुक्रबार गाईवस्तु चराउन जंगल गएका उनीहरु शनिबार साँझ मृत फेला परेका छन्।’

डीएसपी भण्डारीका अनुसार शुक्रबार बेपत्ता भए पनि प्रहरीलाई भने खबर गरिएको थिएन। सुरुमा एक किशोरी मृत फेला परेको खबर प्रहरीलाई आएको थियो। झण्डै ३० मिटरको दूरीमा अर्की किशोरीको पजि शव फेला पर्यो।

शनिबार राति भइसकेकोले घटनास्थलको सुरक्षाको काम मात्रै गरेको बताउँदै उनले अहिले चिकित्सकसहितको टोली लगेर घटनास्थलतर्फ गइरहेका बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.