कुशल भुर्तेल डडेल्धुराबाट अर्जुन ट्रफी खेल्ने

dream cafe
learnar

डडेल्धुरा : अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भूर्तेलले डडेल्धुराको फेन्ड्स क्लबबाट खेल्ने भएका छन्।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा माघ १९ देखि २८ सम्म प्रतियोगिता आयोजना हुन गइरहेको हो।

GBL NEW

प्रतियोगिताका सबै खेल प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ।

कुशललाई मैदान उतार्दै डडेलधुराले धनगढीविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै माघ २१ मा वोस्टन क्रिकेट झापासँग खेल्नेछ भने माघ २४ मा घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ।

लिग चरणका सबै खेलमा डडेलधुराका लागि प्रमुख तथा गेम चेन्जर खेलाडीका रूपमा कुशल भूर्तेल रहनेछन्।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताका सबै खेल फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.