बोहरा मेडिको सेन्टर

अजयमेरुको बडीमा अनार खेती, ८ हजार बिरुवा हुँर्किदै

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका-२ बडीमा ८ हजार बढी अनारका बिरुवा हुँर्किदै छन्।

बडीका स्थानीयले अनार बृहत् स्वं विशेष उत्पादन क्षेत्र विकास व्यवस्थापन समिति बनाएर ७ सय रोपनी जमिनमा अनार खेती थालेका हुन्।

CNA

एक वर्ष अगाडिसम्म यहाँको यो जमिन बाँझो थियो। वार्षिक २० हजार रुपैयाँ तिर्ने गरि यो जमिन भाडामा लिइएको हो।

बाँझो जमिनमा अनार खेती उपयुक्त हुन्छ भनेर कृषि क्षेत्रका विज्ञलाई बोलाएर माटो परिक्षण गर्दा उपयुक्त देखिएपछि बजेट हाल्न लगाएको सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीले बताए।

GBL NEW

सांसद जोशीकै अग्रसरतामा आफूहरूले अनार खेती थालेको समितिका अध्यक्ष मदन पनेरू बताउँछन्।

‘माननीय ज्यूले बाटो देखाइदिनु भयो। उहाँकै पहलमा हामी काम गरिरहेका छाैं। ७ सय रोपनी जमिनमा ८ हजार बिरुवा हुँर्किदै छन्,’ उनले भने।

सुरुमा १० हजार बिरुवा लगाएको पनेरूको भनाइ छ। उनी भन्छन्, ‘नजानेर होला १० प्रतिशत जति बिरुवा सुक्यो। बाँझो जमिन भएर मलको पनि समस्या भयो।’

कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार हालसम्म कृषि  ज्ञान केन्द्र डडेल्धुरा र स्व लगानी गरि करिब ४५ लाख बढी रुपैयाँ खर्च भइसकेको छ। ज्ञान केन्द्रको यहाँ आर्थिक तथा प्राविधिक सहयोग रहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.