डडेल्धुराका डम्बरले श्रीमतीलाई गोली हाने, प्रहरीले जंगलबाट समात्यो

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा श्रीमतीको हत्या गरेका आरोपमा एक श्रीमान् पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका छन्।

GBL NEW

डम्बरले घरायसी विवाद हुँदा आज (सोमबार) बेलुका २४ वर्षीय श्रीमती अस्मिता थापा मगरलाई गोली हानेको डडेल्धुरा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमती बीच दैनिक झैझगडा भइरहने गरेको थियो। डम्बरले रक्सी सेवन गरि गोली हानेको बताइन्छ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट  भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.