बोहरा मेडिको सेन्टर

लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोेषी ठहर

dream cafe
learnar

डडेल्धुरा : डडेलधुरा अस्पताल विकास समितिका पूर्व  अध्यक्ष  लक्ष्मण सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो।

CNA

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो।

GBL NEW

उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो।

सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ।

विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो।

उनले इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.