डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा कैलालीका चाैधरीको मृत्यु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक से २ त २४३१ नम्बरको ट्याक्टर नालिमा पल्टिएर ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१० पहलवानपुर बस्ने ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो।

GBL NEW

ट्याक्टरको टायरमुनी च्यापिएर चाैधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ट्याक्टर साहुखर्कबाट गैरा आउँदै गर्दा आज विहान दुर्घटना भएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.