डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयनको लागि शिक्षकलाई सहजीकरण कार्यको थालनी

dream cafe
learnar

डडेल्धुरा : शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले नयाँ पाठ्यक्रम/पाठ्यपुस्तक कार्यान्वयनका लागि शिक्षकलाई सहजीकरण कार्यको थालनी गरिएको छ।

कक्षा ५, ८ र १० को पाठ्यक्रम तथा पाठ्यसामग्री प्रबोधिकरणका लागि आज (मंगलबार) जिल्लाको आलिताल गाउँपालिकाबाट इकाईले शिक्षकलाई सहजीकरण कार्यको थालनी गरेको हो।

Amargadhi Education

आलिताल गाउँपालिका-८ डोलास्थित दुर्गा माध्यमिक विद्यालयमा आलितालका ४७ जना शिक्षकलाई कक्षा दिइएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपालदत्त पाण्डेयले जानकारी दिए।

उनले यो कार्यक्रमबाट जिल्लाका ३५१ जना शिक्षक लाभान्वित हुने बताए।

 

आलितालबाट सुरु भएको यो कार्यक्रम सातवटै स्थानीय तहमा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख खडकबहादुर महताले जानकारी दिए।

उनले पाठ्यपुस्तकमा विषयवस्तु धेरै भएपनि पाठ्यक्रमलाई मुख्य आधार लिएर मात्रै विषयवस्तु पढाउन शिक्षकलाई आग्रह गरे।

अजयमेरु फाैजी केरा

अझै विद्यार्थीलाई रटाउने, घोकाउने परिपाटी रहेक त्यस्तो परिपाटी हटाइ विद्यार्थी केन्द्रीत शिक्षण विधि, प्रविधिको प्रयोग गरि विद्यार्थीमा शिक्षकहरूल उत्प्रेरणा जगाइ शिक्षण गर्नेमा ध्यान दिनुपर्नेमा उनको जोड थियो।

आलिताल गाउँपालिका-८ का वडाध्यक्ष धनबहादुर देउवाले पाठ्यक्रममा सुधार आवश्यक रहेको बताए। उनले आजको कक्षाबाट सिकेका कुराकक्षा कोठामा कार्यान्वयन गराउनमा शिक्षकलाई अनुरोध गरे।

आलिताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवराज पन्तले शिक्षा विकास तथा समन्वय इकाई, डडेल्धुराको टोली पालिकामै आएर कार्यक्रम गरिदिएकोमा धन्यवाद व्यक्त गरे।

उनले कार्यक्रममा संस्थागत र सामुदायिक विद्यालयबीच समेत अनुभव आदानप्रदान हुने भएकोले भरपुर फाइदा लिन आग्रह गरे।

पाठ्यक्रम/पाठ्यपुस्तक कार्यान्वयनमा समस्या चुनाैती धेरै रहेको बताउँद उनले आज उठेको विषयवस्तुले पाठ्यक्रम परिमार्जन र कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी शिक्षकहरूले पाठ्यक्रम/पाठ्यपुस्तक कार्यान्वयनमा भइरहेको समस्या बारे जानकारी गराएका थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.