डोटीको पूर्वीचाैकी-६ मा गुमेन काँग्रेसको विरासत, थापा विजयी

dream cafe
learnar

डोटी : डोटीको पूर्वीचाैकी गाउँपालिका–६ मा सम्पन्न उपनिर्वाचन मा नेपाली काँग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन्।

काँग्रेसका उम्मेदवार थापाले खसेको ८ सय ३९ मध्ये ४ सय ६८ मत प्राप्त गरी विजय भएका हुन्।

GBL NEW

उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार देब थापाले ३०१ मत प्राप्त गरे।

माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खडका कुवँरले ३१ मत प्राप्त गरे।

खसेको मत मध्ये १३ मत बदर भएको छन्। यहाँ काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.