जन्मदिनको अवसरमा अध्यक्ष पन्तद्वारा अनाथ बालबालिकालाई न्यानो लुगा वितरण

dream cafe
learnar

डडेल्धुरा : हार्डवयर व्यवसायी संघ डडेल्धुराका अध्यक्ष एवम् पूर्व डडेल्धुरा जेसीजका अध्यक्ष लालमणी पन्तले अनाथ बालबालिकालाई न्यानो लुगा वितरण गरेका छन्।

आज (बिहीबार) पन्तले आफ्नो ४२ औं जन्मदिनको अवसरमा अमरगढी नगरपालिका-७ पोखरामा अवस्थित बेथस्थ बाल गृहमा रहेका बालबालिकालाई न्यानो लुगा वितरण गरेका हुन्।

GBL NEW

बाल गृहमा हाल ५ जना अनाथ बालबालिका रहेका छन्।

पन्त आफै बाल गृहमा पुगेर बालबालिकालाई ब्लांकेट, तन्ना, सिरकलगायतका २५ हजार रुपैयाँ बराबरको न्यानो लुगा दिएका हुन्।

जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो लुगा वितरण गरी जन्मदिन मनाएको पन्तले सिमाना न्युजलाई जानकारी दिए।

जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा उनले खुसी व्यक्त गरे।

पन्त जिएलवी हार्डवयर डडेलधुराका सञ्चालक समेत हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.