डडेल्धुरामा मनाइयो दसौं उद्योग दिवस

dream cafe
learnar

डडेल्धुरा : घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले दसाैं उद्योग दिवस सम्पन्न गरेको छ।

विस २०७२ सालदेखि हरेक वर्षको मंसिर ९ गते सरकारले उद्योग दिवस मनाउँदै आएको छ।

GBL NEW

दिवसको अवसरमा जिल्ला स्थित विभिन्न व्यवसाय गर्ने व्यवसायीहरुलाई खादा हालेर सम्मान गरिएको छ।

नेपाल सरकारको सानो सहयोगमा व्यवसायको सुरुवात गरेका दर्जनौ व्यापारीहरुले दिगो व्यापार गर्दै आएको प्रति कार्यालय खुसी रहेको घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशव भण्डारीले बताए।

उनले भने, ´सरकारी अनुदानको दुरुपयोग हुन्छ भन्ने सन्दर्भमा आफ्नो कार्यालयबाट उपलब्ध गराइएको अनुदान बजेटको सहि सदुपयोग भएको छ। निजी स्तरबाट व्यवसाय संचालन गरेका व्यवसायीहरुलाई कार्यालयले थप उर्जा मात्रै दिएका हो।`

व्यवसायीहरुको मेहनत र व्यवसाय आशावादी रहेको कार्यालय प्रमुख भण्डारीले बताए। कार्यक्रममा बोल्दै डडेल्धुरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिपक महताले सरकारले निजि क्षेत्रमा लगानी गर्न कन्जुस्याइँ गरेको बताए।

व्यापारीहरू मारमा परेको बेला सरकाले अनुदान लगायत व्यवसायलाई प्रमोड गर्ने किसिमका कार्यक्रमहरु ल्याउनुपर्नेमा उनले जोड दिए।

आगामी दिवसमा उद्योगी व्यापारीहरुले आ-आफ्नो उत्पादन प्रदर्शन गर्ने गरि बृहत कार्यक्रमसहित दिवस मनाउन बरिष्ठ उपाध्यक्षले सुझाव दिए।

घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका कार्यालय प्रमुख केशव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका बरिस्ठ उपाध्यक्ष दिपक महता प्रमुख आतिथी रहेका थिए।

कार्यक्रममा जिल्ला स्थित व्यवसायीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.