ट्याक्टर दुर्घटनामा अस्ताए गांखेतका दलबहादुर

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्लाकाे आलिताल गाउँपालिका-२ गांखेत डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्याक्टर दुर्घटना हुँदा चालक दलबहादुर बिष्टको मृत्यु भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

सुप प्र ०१००२ त ६३८२ को ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी इन्सपेक्टर उपेन्द्र बमले जानकारी दिए।

उनकाअनुसार डोबरा गाउँबाट दाउरा ल्याउन जंगल तिर जाँदै गर्दा अनकन्ट्रोल भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसको छ। ट्याक्टरमा सवार अन्य तीन जना भने सकुशल छन। उनीहरूले हाम फालेकाे बताइएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.