ब्राउन हट क्याफेका सञ्चालक ऐरद्वारा जनज्योतिका विद्यार्थीलाई स्कुल व्याग
डडेल्धुरा : अमरगढी नगरपालिका-३ लरडाका स्थानीय तथा ब्राउन हट क्याफे बगरकोट रोड डडेल्धुराका सञ्चालक चेतबहादुर ऐरले विद्यार्थीलाई स्कुल व्याग सहयोग गरेका छन्।
आज (शुक्रबार) ऐरले अमरगढी नगरपालिका-२ आइतस्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कुल व्याग र शैक्षिक सामग्री सहयोग गरेका हुन्।
ऐरले विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई स्कुल व्याग र शैक्षिक सामग्री सहयोग गरेको विद्यालयका प्रधानाध्यापक मोहनसिंह भण्डारीले बताए।
प्रअ भण्डारीले सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए।