डडेल्धुरा समाचारदाता
डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा द्धिजराज भट्ट विजयी हुनु भएका छ । निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्धिजराज अध्यक्षमा निर्वाचित हुनु भएको हो । नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो । आइतबार बिहान सकिएको मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित द्धिजराजले ५ सय ७७ मत प्राप्त गर्दै विजयी हुनु भएको छ भने प्रतिद्धन्द्धी भोजराजले ४ सय ८२ मत प्राप्त गर्तु भएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक बहादुर महता विजयी हुनु भएको छ । उहाँले ६ सय ११ मत प्राप्त गर्नु भएको हो । निकटमत् प्रतिद्वन्द्वी लालमणी पन्तले ३ सय ९९ मत प्राप्त गर्नु भएको छ । संघको वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी विजयी हुनु भएको छ । अवस्थीले ६ सय ११ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी महादेव भट्टले ३ सय ६३ मत प्राप्त गर्नु भएको छ । महासचिवमा विष्णुराज जोशीले विजय हात पार्नु भएको छ । जोशीले ६ सय ४४ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी दिनेश प्रसाद पनेरुले ३ सय ६९ मत पाउनु भएको छ । महिला सचिवमा मीना फुलारा निर्वाचित हुनु भएको छ । फुलारा ६ सय ५७ मत ल्याउँदै विजयी हुनु भएको हो । उहाँका प्रतिस्प्रधी लक्ष्मी ऐरले ३ सय ३४ मत प्राप्त गर्नु भएको थियो ।
यसै गरि कार्य समिति सदस्यहरुमा हरिप्रसाद उप्रेतीले ७ सय ६ मत, सीताराम पाण्डेयले ६ सय ९६, धर्मदेव पाण्डेयले ६ सय ७६, मोहन बहादुर देउवाले ६ सय ७२, धनबहादुर ठकुराठीले ६ सय ५१, लोकराज पाण्डेयले ६ सय ३५ र टेकबहादुर ओझा ‘भुवन’ले ६ सय १७ मत ल्याउँदै सदस्यमा निर्वाचित हुनु भएको छ । सदस्यका लागि ९ जनाले चुनाव लडेका थिए । सुनिल घिमिरेले ६ सय १३ र गणेश सिंह साँकीले ५ सय ३५ मत प्राप्त गर्दै पराजित हुनु भएको छ ।
कार्यसमितिको उद्योग उपाध्यक्षमा बाशु जोशी, उद्योग सचिवमा नेत्र प्रसाद अवस्थी, सचिवमा दिपक रुपाली, कोषाध्यक्षमा दिपक बहादुर सिंह र सदस्यहरुमा कमला कुमारी जैसी, गौमती देवी बोहरा र शेर बहादुर सुनार यसअघि नै निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत युवराज जोशीले बताउनु भयो । निर्वाचनमा कूल १ हजार दुई सय ९४ मतदातामा १ हजार ८८ मत खसेको निर्वाचन अधिकृत जोशीले बताउनुभयो ।