बोहरा मेडिको सेन्टर

परराष्ट्रमन्त्री राणा डडेल्धुरा आउँदै, कार्यकर्तालाई फूलमालासहित आउन निर्देशन

dream cafe
learnar

डडेल्धुरा : परराष्ट्रमन्त्री आरजु राणा देउवा डडेल्धुरा आउने भएकी छन्।

मन्त्री राणा कार्तिक ३० गते डडेल्धुरा आउन लागेकी हुन्।

CNA

काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउदका अनुसार मन्त्री राणा कार्तिक ३० गते दिउँसो ३:३० मा बसपार्क पुग्ने कार्यक्रम रहेको छ।

GBL NEW

मन्त्री राणा आउने भएपछि काँग्रेस डडेल्धुराले एक सूचना जारी गर्दै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति, वडा कार्यसमिति, टोल कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, क्रियाशिल सदस्य, उद्योगी व्यापारी तथा नेपाली काँग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित हुन अनुरोध गरेको छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक २६ गते गृहजिल्ला डडेल्धुरा आइसकेका छन्।

उनी यहाँका देवीदेउताको दर्शन तथा कार्यकर्ता भेटघाटमा व्यस्त छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.