घाँस काट्दा आलितालका लक्ष्मणराजको प्रणान्त, टोकेको थियो अरिङ्गालले

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा अरिङ्गालले टोक्दा एकजनाको मृत्युु भएको छ।

मृत्युु हुनेमा जिल्लाको आलिताल गाउँपालिका-१ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशी रहेका छन्।

GBL NEW

जोशीलाई कार्तिक १२ गते घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते उनलाई डडेल्धुरा अस्पताल ल्याइएको थियो।

तर, डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो।

धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीमा उपचार गराउने क्रममा उनको कार्तिक १५ गते मृत्युु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.