मंसिर १ देखि डडेल्धुरा जेसीजको जेसीज सप्ताह, यस्ता छन् कार्यक्रम

डडेल्धुरा : डडेल्धुरा जेसीज वर्ष २०२४ ले मंसिर १ गतेदेखि जेसीज सप्ताह मनाउने भएको छ।

आज जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जेसीजले जेसीज सप्ताह मनाउने जानकारी दिएको हो।

मंसिर १ गतेदेखि जेसीज सप्ताह सुरु हुने जेसीज वर्ष २०२४ का अध्यक्ष लक्ष्मी ऐरेले जानकारी दिइन्।

अध्यक्ष ऐरका अनुसार जेसीज सप्ताह अन्तर्गत मंसिर १ गते सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेलामा पानी वितरण, मंसिर २ गते उग्रतारा मन्दिरमा सरसफाइ, ३ गते स्लो मोटरसाइकल रेस प्रतियोगिता, ४ गते विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ।

मंसिर ६ गते देखि ८ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने समेत अध्यक्ष ऐरले जानकारी दिइन्।

भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार २५ हजार ५ सय २५ र तृतीय पुरस्कार १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जेसीज डडेल्धुराले जनाएको छ।

पुरस्कार राशीमा करकट्टी भने गरिने छैन्। टिम दर्ता शुल्क ३ हजार ५ सय रहेको छ।

Leave A Reply

Your email address will not be published.