परशुरामले जित्यो अन्तर पालिकास्तरीय महिला भलिबलको उपाधि

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिकाले जिल्ला सदरमुकाममा सम्पन्न पहिलो अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

जिल्ला भलिबल संघको आयोजनामा ज्ञानोदय विद्यालय निकेतन तुफानडाँडाको प्राङ्गणमा सोमबार भएको फाइनलमा छिमेकी पालिका आलिताललाई २–१ को सेटमा हराउँदै परशुरामले उपाधि उचालेको हो।

GBL NEW

उपाधिसँगै परशुरामले ५१ हजार १ सय ११ रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले परशुरामलाई ट्रफी हस्तान्तरण गरेकी थिइन्।

उपविजेता बनेको आलिताल गाउँपालिकाले २५ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। प्रतियोगितामा भागेश्वर गाउँपालिका तृतीय भयो।

नवदुर्गा गाउँपालिकालाई २–१ को सेटमा पराजित गर्दै तृतीय बनेको भागेश्वरले नगद १५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.