दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते

दार्चुला : शैल्यशिखर नगरपालिका–५ ओखडानीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

साँझ ५ बजेतिर ओखडानीमा सु.प.प्र.०१ ज १५९४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार बगौराबाट सत्केलातर्फ जाँदै गरेको जिप दुर्घटनामा शैल्यशिखर–४ रातापानीका अन्दाजी २४ वर्षीया हरिश धामी र मोहन धामी रहेका छन् ।

घाइते दुवै जनालाई गोकुलेश्वर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय गोकुलेस्वरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.