CAMBRIDGE PUBLIC SCHOOL

भोलिदेखि आइतबारसम्म भीषण वर्षा, सुपका ३ सहित ५६ जिल्ला ‘रेडअलर्ट’मा

डडेल्धुरा : मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ‘रेड अलर्ट’ मा राखेको छ ।

वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ ।

महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान उहाँको आग्रह छ ।  कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भने अति ठूलो तहको वर्षाको सम्भावना छ ।

यि हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला
कोशी : झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर

मधेश : सिरहा, सप्तरी र पर्सा

बागमती : मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप

गण्डकी : म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ

लुम्बिनी : रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया

कर्णाली : जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान

सुदूरपश्चिम : कैलाली, डोटी र अछाम

Leave A Reply

Your email address will not be published.