भैँसेपाटीकी इन्स्पेक्टर बिनु फेरी विवादमा, आर्थिक अपचलन गरेको आरोप !

dream cafe
learnar

काठमाडौँ : ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही विवादमा तानिएकी छन् । आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।

बलात्कारको घट्नामा आरोपीसँग मिलेर उनले हनिट्रयापमा रूपान्तरण गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् ।

Bohora madico
HARDIK AGRo NEw

उनले भनिन्– ‘आचरण विपरीत काम गरेको भन्ने मैले सुनेँ, लतिलपुरका एसएसपी साबलाई छानबिन गर्नु भनेको छु ।’

बलात्कार घटनालाई रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् ।

२०८० माघमा कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र नाथले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यसबारे समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.